समयसीमा कटेका विद्यार्थीलाई मौका दिदै त्रिवि, एआई प्रयोग गरे परीक्षा रद्ध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले समयसीमा कटेका विद्यार्थीहरुलाई पुन मौका दिने भएको छ । त्रिविअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थाका विद्यार्थीहरूलाई वार्षिक प्रणालीमा सन् २०५८ देखि र सेमेस्टर प्रणालीमा सन् २०६९ देखि समयसीमा कटेका परीक्षार्थीहरूका लागि एक पटक मात्र मौका परीक्षा दिने निर्णय सोमबार बसेको परीक्षा सुधार समितिको बैठकले गरेको हो ।

त्यस्तै परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेमा परीक्षा रद्द गर्ने भएको छ । त्रिविबाट सञ्चालन हुने कुनै पनि तहको परीक्षामा एआई प्रयोग भएको प्रमाणित भएमा सो परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here