बालविवाह गरेकै आधारमा बलात्कारको मुद्दा नचलाउन निर्देशन

सांकेतिक स्केच

काठमाडौं । बालविवाह गरेकै आधारमा बलात्कारको मुद्दा नचलाउन महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिलका कार्यालयहरुलाई परिपत्र गरेको छ ।

प्रेम गरेर वा बाबुआमाको मञ्जुरीबिना विवाह गरेका नाबालकहरुलाई अभिभावकले बलात्कार, अपहरण तथा शरीर बन्धक लगायतका एकीकृत कसुरमा मुद्दा चलाउने गरेको भेटिएपछि महान्यायाधिवक्ता कार्यालयले बलात्कार भएकै घटनाबाहेक बालविवाहको कसुर आकर्षित हुने अवस्थामा अरु मुद्दा नजोड्न निर्देशन दिएको हो ।

‘बालबालिकाको सर्वोत्तम हितलाई संरक्षण गर्नु नेपाल सरकारको कर्तव्य हो’, महान्यायाधिवक्ता कार्यालयको निर्णयमा भनिएको छ। साथै यस्तो अवस्थामा अनुसन्धान र अभियोजन गर्दा अधिक अपराधीकरण गरी नाबालकलाई धेरै मुद्दा चलाउने भन्दा सुधार गर्ने गरी अनुसन्धान र अभियोजन गर्नु उचित हुने निर्णयमा उल्लेख छ ।

२०७५ सालमा विस्थापित भएको मुलुकी ऐनमा १६ वर्षमुनिको किशोरीसँग अनुमतीमै शारीरिक सम्पर्क गरे पनि बलात्कार गरेको मानिने व्यवस्था थियो । मुलुकी अपराध संहितामा उमेर बढाएर १८ वर्षको हद राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here