विदेशी नागरिकको सामान लुटपाट गर्ने ३ जना पक्राउ, थप अनुशन्धान हुँदै

काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ ।

प्रहीले गत राती नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरेको हो ।

उनीहरुले चक्कु देखाएर बनेपामा इटाली र जर्मनीका नागरिकका सामान लुटपाट गरेका थिए । लुटिएका सामानसहित पक्राउ परेका उनहरुबारे प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here