साताभरी प्रत्येक दिन नयाँ रेकर्ड राख्दै सुन, यस्तो छ आजको भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २०० रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार प्रतितोला १ लाख ६० हजार ७ सयमा सुनको कारोबार भएको थियो ।

सुनले एक सातादेखि लगातार नयाँ रेकर्ड बनाएको छ । गत आइतबार १ लाख ५८ हजार ८००, सोमबार १ लाख ५९ हजार २००, मंगलबार १ लाख ५९ हजार ७००, बुधबार १ लाख ६० हजार ४०० र बिहीबार १ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

कतिपयमा नजिकिदै गरेको चाडबाडले सुनको भाउलाई प्रभाव पारेको भन्ने भ्रम रहेको पाइन्छ । तर नेपालको चाडबाड वा मागले सुनको मूल्यलाई केही प्रभाव पार्दैन । सुनको भाउ अन्तर्राष्ट्रियबजारबाट प्रभावित हुन्छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा यहाँ बढ्छ घट्दा यहाँ पनि घट्छ ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकाको घट्दो ब्याजदरले गर्दा सुनको भाउ बढेको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here