पर्यटन मन्त्री पाण्डेले भने ‘काम गर्न नसक्ने कर्मचारीलाई पदमा बसिरहने छुट छैन’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मन्त्री पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएकाछन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकाहुन । उनले भने, ‘त्यसका लागि कानुन हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ ।’

सो अवसरमा उनले नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान बढाउने योजना रहेको बताएका छन् । पर्यटन क्षेत्रको जीडीपी बढाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनले बताए। साथै उनले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढ्ने जानकारी दिए ।

हामी हाम्रो जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहन्छौँ । निजी क्षेत्र अघि नलागेसम्म हाम्रो मन्त्रालयले कुनै काम गर्न सक्दैन’, उनले भने, ‘निजी क्षेत्र अघिअघि र हाम्रो मन्त्रालय पछिपछि हुन्छ ।’

यसमा सरकारले आवश्यक नीति, कानुनन बनाउन तयार रहेको मन्त्री पाण्डेले बताए । ‘हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानुन बनाउने अधिवेशन हुनेछ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here