पहिरो जाँदा नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं । बिहीबार रातीदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।

निरन्तर पानीका कारण सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।

पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ । बाटो बन्द हुँदा सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

जल तथा मौसम विभागले अत्यधिक वर्षाले पहिरो झरेर क्षति पुग्न सक्ने भएकाले असोज ११–१२ गते रात्रि बस नचलाउन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here