सेयर बजार घटेरका २४६४ अंक कायम, कारोबारमा पनि कमी

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । अअिल्लो कारोबारमा २२ दशमलव ३६ अंकले घटेर नेप्से २४६४ अंकमा झरेको छ । आज कारोबार रकममा पनि कमी आएको छ । बिहीबार अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चिएको हो ।

आज कारोबारमा आएका ४६ कम्पनीको मूल्य बढ्दा १९३ को घटेको छ । त्यस्तै ५ कम्पनीको कारोबार स्थिर छ ।

यस दिन मूल्य धेरै घटेका कम्पनीमा हाइड्रोपावरहरू अगाडि देखिए ।

त्यस्तै बैंकिङ ० दशमलव ७४, विकास बैंक ० दशमलव ८९, फाइनान्स १ दशमलव ९१, होटल तथा पर्यटन १ दशमलव ४७, लगानी १ दशमलव ४०, जीवन बीमा ० दशमलव ३१, माइक्रोफाइनान्स ० दशमलव १८, निर्जीवन बीमा ० दशमलव १५, अन्य १ दशमलव ०२ प्रतिशतले घटेको छ । उत्पादन समूह भने १ दशमलव ०३ प्रतिशत बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here