काठमाडौं । काठमाडौंबाट बाहिर जाने सबै नाका बन्द भएपछी हवाई यात्री बढ्दा वायुसेवा कम्पनीहरुले मौकाको फाइदा उठाए । वायुसेवा कम्पनीहरूले पछिल्लो समय देशभरका सडकहरुमा आएको अवरोधसँगै यसको फाईदा उठाउँदै हवाई भाडादर उच्च बनाएका थिए । तर विपदमा मानवता नै हराएकोजस्तो गरेर वायुसेवा कम्पनीको भाडा बृद्धिबारे सर्वत्र आलोचना हुन थालेपछी वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट फर्किएका छन्
यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो । उनिहरुले आगामी बुधबारसम्म उच्च भाडादर नलिने निर्णय गरेको वायुसेवा सञ्चालक संंघका अध्यक्ष मनोज कार्कीले बताए ।
आन्तरिक हवाई टिकटमा सरकारले माथिल्लो सीमा तोकिदिएको हुन्छ । वायुसेवा कम्पनीले टिकट अभाव भएको समयमा सोही दरको माथिल्लो बिन्दुमा टिकट बेच्ने गरेकोमा आइत्बार सबैले सो भाडादर लागु गरेका थिए । तयसो त कम्पनीहरुले विषय परिस्थितिमा हवाई इन्धनमा सरकारले छुट दिने हो भने कम मूल्यमा यात्रुलाई उडान सेवा दिन सकिने भन्दै त्यसतर्फ ध्यानाकर्षण समेत गराएका छन् ।
























