बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १७० पुगेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयलका अनुसार ४३ जना अझै बेपत्ता छन् ।

जसमध्य काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलाको पहिरोमा परि ३५ जनाको मृत्यु भएको छ ।

१० गतेदेखि परेको पानीका कारण बाढी तथा पहिरोमा परेर ११ जना घाइते भएका छन् । करिव ४ हजार विपत प्रभावितलाई उद्दार गरिएको छ । आइतबार काभ्रे, सिन्धुली, ललितपुर लगायतका जिल्लाबाट घाइते र अलपत्र गरी १६२ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here