बाढीपहिरो र डुबानमा परी १ सय ९२ को मृत्यु, ३० जना बेपत्ता

उद्धार गर्दै नेपाल प्रहरी काठमाडौँ, १२ असोजः तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । सौजन्य तस्बिरः नेपाल प्रहरी÷रासस

काठमाडौं । अविरल वर्षाका कारण गएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।

प्राकृतिक विपद्मा १ सय ९४ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ ।

हाल बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको छ । साथै तथा घाइतेको निःशुल्क उपचार गर्नुका साथै वेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here