बुधबारबाट पुनः वर्षा, हिले दशैंको सम्भावना

काठमाडौं । सोमबार र मंगलबार मौसम खुलेपनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ।

बुधबारदेखि शनिबारसम्म पानी पर्ने मौसमविदहरुले जानकारी दिएका छन् । बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो। काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो।

मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए।

नेपालबाट असोज १६ ९अक्टोबर २० मा मनसुन बाहिरिनुपर्नेमा यस वर्ष मनसुन लम्बिने देखिएको छ। मनसुन लम्बिने संकेत देखिइसकेकाले दसैंमा पनि पानी पर्ने सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here