९ जिल्लामा बाढीको जोखिम, नदी किनार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । यी पूर्वी नेपालका ९ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाले दिएको सूचना अनुसार ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको मध्यम जोखिमको सम्भावना छ ।

महाशाखाका अनुसार ठूला नदीहरु भन्दा साना नदी तथा खोलाहरुमा आकस्मिक बाढीको जोखिम छ ।

आज र भोलि कन्काई नदीको जलसतह उल्लेख्य रुपमा बढ्ने भएकाले कन्काई नदी किनार क्षेत्रमा भने उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here