सेप्टेम्बरमा भित्रिए ९६ हजार पर्यटक, सबैभन्दा बढी भारतीय

काठमाडौं । पर्यटनको सिजन शुरुभएसँगै नेपाल भित्रने पर्यटकको संख्या बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार ३सय ५ जना पर्यटक भित्रिएका छन्।

अघिल्लो महिना अगष्टमा ६७ हजार १५३ पर्यटक भित्रिएका थिए। पर्यटकीय सिजन सुरू भएसँगै विशेषगरी पर्वतारोहण, पदयात्रा तथा धार्मिक् यात्राका लागि पर्यटक आएका छन् ।

सेप्टेम्बरमा घुम्न आउनेमध्ये सबैभन्दा धेरै २२ हजार ९८४ भारतीय पर्यटक रहेका छन्। तर यो अघिल्लो महिनाको तुलनामा कम हो । अघिल्लो महिना भारतबाट मात्र २८ हजार ६ सय ९४ पर्यटक आएको थिए ।

त्यस्तै अमेरिकाबाट १० हजार पर्यटक यो महिनामा भित्रिएका छन् । चीनबाट ८ हजार, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ पर्यटक आएका छन्।

त्यसैगरी, बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here