टी-२० वरीयता: दीपेन्द्र सिंह ऐरी बने विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० वरीयतातर्फ विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर बनेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सार्वजनिक गरेको टी-२० वरीयतातर्फ ४ स्थान सुधार गर्दै दीपेन्द्र दोस्रो स्थानमा उक्लेका हुन् । नयाँ सूचीअनुसार ऐरीभन्दा माथि इंल्यान्डका लियाम लिभिङस्टोन रहेका छन् ।

तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, जिम्बाब्वेका सिकन्दर राजा चौंथोमा रहेका छन् । दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ । अलराउन्ड तर्फ नै गुलशन झाको ११ स्थान सुधार हुँदा कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६०औं स्थानमा छन् ।

ब्याटिङ तर्फको वरियतामा २ स्थान सुधार गर्दै दीपेन्द्र ४३औं स्थानमा छन् । टिम वरियतामा भने नेपाल १७औं स्थानमा कायमै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here