‘घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था गरिने’: पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म राती पनि हवाई सेवाको व्यवस्था गरिने बताएकाछन् ।
हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको उनले जानकारी दिए ।

बाढी पहिराका साथै चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध, विमानस्थल र पोखरा विमानस्थल लगायतमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको उनले जानकारी दिए ।

ती विमानस्थलहरुमा बिहान साढे चार बजेदेखि राति अपरेसनको समयमा आवश्यकता अनुसार उडान हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here