नेपालमा कार्यरत भारतीय नागरिकले डलर खाता खोल्न पाउने सुविधा

काठमाडौं । अब नेपालमा कार्यरत रही परिवत्र्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने भारतीय नागरिकको अमेरिकी डलरमा बैंक खाता खोल्न पाउने भएका छन् । राष्ट्र बैंकले एकिकृत परिपत्र संशोधन गरेर उक्त व्यवस्था गरेको हो ।

सम्बन्धित व्यक्तिले सो प्रमाणित हुने कागजात पेश गरेको आधारमा परिवत्र्य विदेशी मुद्रामा खाता खोल्न तथा सञ्चालन गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

परिपत्रबमोजिम परिवत्र्य विदेशी मुद्रामा लिएको ऋणको किस्ता (सा“वा–ब्याज) विभिन्न परिस्थितिजन्य कारणले सम्बन्धित फर्म\कम्पनी\उद्योगहरूको विदेशी मुद्रा आम्दानी नभएर परिवत्र्य विदेशी मुद्रामा भुक्तानी गर्न नसकिने अवस्था भएमा ०८२ असार मसान्तसम्मका लागि सम्बन्धित बैंक–वित्तीय संस्थाले प्रचलित विनिमय दरका हिसाबले नेपाली रुपैया“मा असुल गराउन सक्ने व्यवस्था पनि गरिएको छ ।