खानाको भत्ताले वाइन गिलास तथा ‘एक्ने प्याड’ किनेपछी मेटाका दुई दर्जन कर्मचारी बर्खास्त

काठमाडौं । मेटाले कम्पनीको खाना क्रेडिटको दुरुपयोग गरेको भन्दै करिब दुई दर्जन कर्मचारीहरूलाई बर्खास्त गरेको छ । कम्पनीको लस एन्जलस कार्यालयबाट लुगा धुने डिटर्जेन्ट, वाइन गिलास र एक्ने उपचार प्याड जस्ता चीजहरूको लागि कम्पनीको खाना क्रेडिटको दुरुपयोग गरेकोमा बर्खास्त गरेको हो ।

मेटाको कर्पोरेट कार्यालयहरूले कर्मचारीहरूलाई लाभको रूपमा खाना प्रदान गर्न विस्तृत खाद्य सेवाहरू प्रदान गर्ने गरेको छ । न्यूयोर्क शहरको पेन स्टेशन नजिकैको मेटाको दुई वर्ष पुरानो कार्यालयले कर्मचारीलाई खानाका लागि निःशुल्क भौचर प्रदान गर्ने गरेको छ ।

कम्पनीले २० डलर बिहानको खाजा र २५ डलर दिउँसो र बेलुकाको खाजाका लागि प्रत्येक कर्मचारीलाई उपलब्ध गराउदै आएको छ । एक आन्तरिक अनुसन्धानका अनुसार केही एलए-आधारित कर्मचारीहरूले खानाको सट्टामा खाना बाहेक अन्य चीजहरू किन्नको लागि खाना कोष प्रयोग गरेकोे पाइएको छ । कतिपयले त आफुले खाना नखाएर घरमा पठाउने गरेको समेत पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here