रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज अनुसन्धानका लागि म्याद थप्न अदालत लगिँदैछ। अदालतले गत आइतबार दिएको समय आज सकिदैछ ।

लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको हो । उनलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएकोमा अनुसन्धान र बयान पूरा नभएकाले म्याद थप गर्न लागिएको प्रहरीले जनाएको छ।

त्यस्तै सहकारीको पैसा टेलिभिजनमा लगेर अपचलन गरेको भन्दै उक्त अभियोग लागेको पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थप गर्न अदालतमा उपस्थित गराइने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here