एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत पुष्टि

फाइल तस्वीर

काठमाडौं । एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आएको सूचना गलत पुष्टि भएको छ । नेपाली सेना र नेपाल प्रहरीले गरेको चेकजाँचपछि सूचना गलत रहेको पुष्टि भएको हो ।

सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमानमा फर्किने बेला बम रहेको भन्दै सूचना आएको थियो । त्यसलगतै प्रहरी र सेनाले जाँच थालेको थियो ।

पछिल्लो समय भारतीय वायुसेवा कम्पनीहरुका विमानमा बम रहेको भन्दै पटकपटक गलत सूचना प्रवाह भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here