अवैध आप्रवासीलाई घर फर्काउने ट्रम्पको योजना

काठमाडौं । अमेरिकी राष्ट्रपति मा विजयी भएपछि डोनाल्ड ट्रम्पले पहिलो अन्तर्वार्तामा आप्रवासनको क्षेत्रमा कठोर नीति अपनाउने योजना रहेको बताएका छन् । उनले एनबीसी न्यूजसँगको कुराकानीमा अवैध आप्रवासीलाई ठूलो संख्यामा देशबाट बाहिर पठाउने योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

चुनावी अभियानमा, उनले अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने, र देशबाट निष्कासन गर्ने योजना, जसलाई ‘मास डिपोर्टेसन प्लान्स’ भनिएको थियो, अघि सारेका थिए।

‘यस योजनाले सीमा नियन्त्रणलाई थप बलियो र शक्तिशाली बनाउनेछ, अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई रोक लगाउन सकिन्छ ‘ उनले भने । उनले अवैध आप्रवासनलाई मुख्य मुद्दा बनाउँदै आफ्नो जित हासिल गरेको दाबी गरेका छन्।

उनका अनुसार, वैध तरिकाबाट अमेरिका आउने आप्रवासीलाई स्वागत गरिनेछ । कुनै पनि अपराधमा संलग्न वा अवैध रूपमा आएका मानिसहरूलाई निष्कासन गरिने बताए । उनले यो चुनावमा आफ्ना अभियानले धेरै थरीका मतदातालाई आकर्षित गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here