सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने

फाइल फोटो

काठमाडौं । नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत धादिङ जिल्लाको सिस्ने खोला क्षेत्रमा बिहीबारदेखि राजमार्ग आंशिक रुपमा बन्द गरिने भएको छ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले बुधबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बिहीबार २९ कात्तिक देखि ५ मंसिरसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द गरिने भएको छ ।

आयोजनाका अनुसार यस अवधिमा सडक २० मिनेट बन्द गरिने गरिने छ र २० मिनेट यातायात खुलाइने छ । सिस्ने खोलामा स्लोप कटिङ गर्ने काम जारी रहेका कारण राजमार्गमा आवतजावत प्रभावित हुने भएको हो ।

यसअवधिमा सवारीसाधन रोक्दा लेन अनुशासन कायम राख्न आयोजनाले अनुरोध गरेको छ । ओभरटेक गरेमा कडा कारबाही हुने समेत आयोजनाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here