काठमाडौैं । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै मंसिर ९ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाइएको हो ।
यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो ।
अन्तर्वार्ताका लागि सर्टलिस्टमा परेर पनि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुन नसकेपछि तीन उम्मेदवार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा नवराज अधिकारीलाई गठित सिफारिस समितिले बोलाएको हो ।
सर्टलिस्टमा परेका पाँचमध्ये ३ जनाको अन्तर्वार्ता तथा कार्यप्रस्तुती हुन सकेको छैन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।
धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।