पहिलो चौमासिकमा कति आयो एफडीआई ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो चौमासिक (साउन–कात्तिक) मा १७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । यो गत आवको यसै अवधिको तुलनामा केही कम हो ।

२०८०–८१ मा १८ अर्ब ३५ करोड रुपैयाँ बराबर एफडीआई आएको तथ्यांक छ । गत वर्ष चार महिनामा १ सय ७८ उद्योग दर्ता भएका थिए । यस वर्ष १ सय ५४ उद्योग दर्ता भएको तथ्यांक छ ।

यस वर्ष अटोमेटिक रुटबाट १ सय ९ कम्पनी दर्ता भएको देखिएको छ । जसमार्फत १ अर्ब ६२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ ।

उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म आएको प्रत्यक्ष वैदेशिक लगानी जोड्दा अहिलेसम्म ५ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । उद्योग विभागका अनुसार यस वर्ष लगानी साना उद्योगमा केन्द्रित भएको देखिन्छ ।

तथ्यांक अनुसार कात्तिकसम्म १ सय ५१ साना उद्योग दर्ता भएका छन् । मध्यमस्तरीय एक र दुई ठूला उद्योगमात्र दर्ता भएको देखिन्छ ।

यस वर्ष कात्तिकसम्म दर्ता हुन आएका उद्योगमध्ये पर्यटनमा मात्र १ सय १३ उद्योग दर्ता भएको देखिन्छ । जुन ७२ प्रतिशत हिस्सा हो ।

सेवामा २०, उत्पादन १३, सूचना–प्रविधि ७, खानी २ र कृषिमा २ उद्योग दर्ता भएको देखिन्छ । यस वर्ष १ हजार २० लगानीकर्ताले ‘बिजनेस भिसा’ लिएका छन् । प्रतिनिधिका रूपमा २ सय ५ र ३ सय ३२ जनाले ‘डिपेन्डेन्ट’ रूपमा भिसा लिएको समेत विभागको तथ्यांकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here