काठमाडौं । केही समययता लगातार ओरालो लागेको सुनको भाउ फेरी उकालो यात्रातर्फ लागेको छ । आज सुनको भाउ ११ सय बढेसँगै प्रतितोला १ लाख ६२ हजार १ सय पुगेको छ । आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा रहेको सुन सोमबार १ हजार बढेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला १९२० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ रुपैयाँ पुगेको छ ।