काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । गत असार महिनाको तुलनामा यो ९ दशमलव ४ प्रतिशतले बढी हो ।
जसअनुसार २०८१ असार मसान्तसम्म विदेी मुदा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो । गत असोजसम्म यो बढेर २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ असोज मसान्तमा ८ दशमलव ७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७दशमलव५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ ।
आर्थिक वर्ष २०८१\८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७दशमलव६ महिनाको वस्तु आयात र १४ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बताइएको छ ।