९ अंकले बढ्यो सेयर, कारोबारमा भने कमी

काठमाडौं । बुधबार सेयर बजार ९दशमलव०९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ ।

आज बजार बढेपनी कारोबार रकममा भने कमी आएको छ । मंगलबार १० अर्ब ४६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडमा खुम्चियो । आज कारोबारमा आएका कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रहेको नेप्सेले जानकारी दिएको छ ।

विकास बैंक समूह सबैभन्दा धेरै ३ दशमलव ३८ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स १ दशमलव ६६, होटल तथा पर्यटन ० दशमलव ४५, हाइड्रोपावर १ दशमलव२८, लगानी ० दशमलव२०, माइक्रोफाइनान्स ० दशमलव०७ तथा व्यापार ० दशमलव२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ० दशमलव२६ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा ० दशमलव १८, निर्जीवन बीमा ० दशमलव २१ र अन्य ० दशमलव०७ प्रतिशत घटे । उत्पादन समूह भने स्थिर रह्यो ।

आज ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, महिला लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here