किन बन्द छ राहदानी सेवा ?

काठमाडौं । विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध भएको छ । यसले सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस पसेको अनुमान गरिएको छ । त्यसपछि सेवा अवरुद्ध हुन पुगेको राहदानी विभागले जनाएको छ ।

राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प छ ।

नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै काम रोकिएको छ । सेवाग्राहीले अनलाइनमार्फत आफैँले भर्न सक्ने सेवासमेत अवरुद्ध छ ।

सेवा अवरुद्ध भएपछि अत्यावश्यक सेवामार्फत राहदानी पाउने सुविधासमेत नपाउँदा धेरै नागरिकको विदेशयात्रा समेत प्रभावित बनेको हो ।

विभागले राहदानीको तथ्याङ्क व्यवस्थापन प्रणालीमा समस्या देखा परेकाले सेवा प्रभावित बनेको जानकारी गराएको छ । विभागमा दैनिक झन्डै छ हजार पाँच सय प्रति विद्युतीय राहदानीका लागि आवेदन आउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here