सुनको भाउ बढ्ने क्रम जारी, प्रतितोला १ लाख ६७ हजार

काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला १ हजार पाँच रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १ हजार सात रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here