दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा छोराले दर्ता गरे बन्दी प्रत्यक्षीकरणको निवेदन, आजै सुनुवाइ हुने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै उनका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।

सर्वोच्च अदालतले आज आइतबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्नेछ । न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा प्रसाईंले दायर गरेको निवेदनको पेसी परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here