काठमाडौं । काठमाडौंको सिनामंगलमा मृत फेला परेका श्रीमान श्रीमती हिजो मात्रै क्यानडाबाट आएका खुलेको छ । सिनामंगलस्थित एक होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान साढे ७ बजे दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए।
प्रहरीले होटलबाट दुवैको पासपोर्टबाट उनीहरु क्यनडाबाट आएको खुलेको हो । मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी २९ वर्षीया शर्मिलाकुमारी माझी रहेको खुलेको छ । मृतकबारे प्रहरीले थप अनुशन्धान गर्दैछन् ।