काठमाडौं । सरकारले भन्सार दर घटाएसँगै सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार सुनको भाउ प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
‘सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर २० प्रतिशतबाट १० प्रतिशत घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो ।
चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । सरकारले गत जेठको बजेटमार्फत सुनको भन्सार महसुल दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएको थियो ।
चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ ।