काठमाडौं । आइपीएल २०२५ को अक्सन सम्पन्न भएको छ । यस पटक साउदी अरवको जेद्दामा अक्सन आयोजना गरिएको हो । अक्सनबाट १८२ जना खेलाडी बिक्रि भए । जसमाथि ६ अर्ब ३९ करोड रुपैयाँ खर्च गरियो । यस पटक कैंयौं रेकर्ड समेत बने ।
जसमध्ये केही रोचक आंकडा यहाँ प्रस्तुत गरिएको छ । यस पटक ६२ जना विदेशी खेलाडीले आइपीएलमा आफ्नो स्थान बनाउन सफल भए । यस पटक एक जना पनि नेपाली खेलाडीले आफ्नो नाम टिपाएका थिएनन् ।
यस पटक ऋषभ पन्त सबैभन्दा महंगो खेलाडी बने । उनलाई लखनऊ सुपर जायन्टले २७ करोड रुपैयाँमा खरीद गर्यो । उता १३ वर्षिय वैभव सूर्यवंशी सबैभन्दा कम उमेरका खेलाडी बने । उनलाई राजस्थान रोयल्सले १ करोड १० लाखमा किनेको छ ।
यस पटक श्रेयस अय्यर दोस्रो महंगो खेलाडी बने । उनलाई पन्जाव किंसले २६ करोड ७५ लाखमा किन्यो । वंैकटेश अय्यर तेस्रो सबैभन्दा महंगो खेलाडी बने । उनलाई कोलकाताले २३ करोड ७५ लाखमा किन्यो ।
यस पटक केही दिग्गज खेलाडी भने बिक्रि भएनन् । जसमा अष्ट्रेलियाका डेविड वार्नर एक हुन् । जोन वेयरेष्टो, केन विलिम्सन, स्वीव स्मीथ, शार्दुल ठाकुरजस्ता ठूला खेलाडी समेत यस पटक बिक्रि भएनन् ।
यस पटक चेन्नई सुपर किंसले २५ खेलाडी किन्यो । जसमा ७ विदेशी खेलाडी छन् । दिल्लीले २३, गुजरातले २५, कोलकाताले २१, मुम्बईले २३, पन्जावले २५, राजस्थानले २० र बैंलौरले २२ खेलाडी किनेका छन् । सनराइजर्सले २० खेलाडी किनेको छ ।