जाे बाइडेनले गरे १५ सय अपराधीको सजाय कम

काठमाडौं । आफ्नु कार्यकाल सकिन लाग्दा राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यरूका अनुसार अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि बाइडेनले माफी पनि दिएका छन् ।

यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ । सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेका थिए ।

सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु’, बाइडेनले विज्ञप्तिमा भनेका छन्, ‘लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गरेको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here