लेग स्पिनर सन्दीपको छलाङ,अहिलेसम्मकै उच्च मूल्यमा अनुबन्धित

काठमाडौं,३० असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अहिलेसम्मकै उच्च मूल्यमा अनुबन्धित भएका छन् । बुधवार ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड अर्थात एक करोड ४६ लाख नेपाली रुपैयाँमा अनुबन्धित गरेको हो । विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।

एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाइदेखि १६ अगस्टसम्म आयोजना हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । हरेक टोलीमा तीन जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ ।

त्यसैगरि सन्दीप बुधबार नै टी १० लिगका लागि कर्नाटका टस्कर्समा अनुबन्ध भएका थिए । डाफ्ट्रमा रहेका सन्दीपलाई क्याटागोरी ‘ए’ मा फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले किनेको हो । युनाइटेड अरब इमिरेट्स (यूएई)मा नोभेम्बर १४ देखि २४ तारिखसम्म आयोजना हुने १०–१० ओभर फर्म्याटको खेलमा सन्दीपलाई कर्नाटका टस्कर्सले जारी ड्राफ्टमार्फत ए क्याटेगोरीमा रहेका सन्दीपलाई पहिलो राउण्डमै लिएको हो ।

‘ए’ मा पर्ने खेलाडीको मुल्य ४५ हजार अमेरिकी डलर पाउने छन् । अघिल्लो सिजन सन्दीपले केराला नाइट्सबाट टि टेन खेलेका थिए । त्यतिवेला उनले ६ खेल खेल्दै ६ नै विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here