विप्लव समूहको बैठकमा प्रहरीको छापा,मध्यपश्चिम कमाण्ड सहित २१ जना पक्राउ

काठमाडौं,३० असोज । प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ गरेको छ ।

बुधवार राती विप्लव समूहको राप्ती ब्यूरो बैठक स्थलमा घेरा हालेर मध्यपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जनालाई पक्राउ गरेको हो ।

दाङको राजपुर गाउँपालिका ४ को मुग्रेटाखोलामा रहेको जगल विप्लव कार्यकर्ताको बैठक चलिरहेको छ भन्ने विप्लवकै कार्यकर्ताबाट सुचना आएपछि इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरको कमाण्डमा खटिएको प्रहरी टोलीले वैठक स्थललाई घेरा हालेर पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here