सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको प्रभावकारी गस्ती,अप्रिय घटनामा कमी

पप्पु गुरुङ्ग, दोधारा,३० असोज । नेपाल भारत सीमामा सशस्त्र प्रहरीको गस्ती प्रभावकारी बन्दै गएको छ । माहाकाली नगरपालिकाका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा बोडर आउट पोष्ट दोधारा चाँदनीले संचालन गर्दै आएको सीमा गस्ती प्रभाकारी बन्दै आएको स्थानियहरुले बताएका छन् ।

गस्तीले सीमा क्षेत्रमा हुने लुटपाट तथा अपराधिक कृयाकलापमा कमी आएको स्थानियहरुले बताउदै आएका छन् । पटक–पटक सीमावर्ती क्षेत्रका नेपाली माथी गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करी आरोपमा हुने घटनामा कमी आएको माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले जनाएका छन् ।

‘नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती लाभदायक छ्’ माहाकाली नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशीले भने । माहाकाली नगरपालिकाको वडा नं. १ को जिरो पोईन्ट सिमा क्षेत्र देखी वडा नं. १० कुतियाकवरको नेपाल–भारत सिमा क्षेत्र हुदै आरक्ष क्षेत्र सम्म सशस्त्र प्रहरीको नियमित गस्तीले सिमा क्षेत्रको अपराधिक कृयाकलापमा न्युनिकरण आएको जानकारहरु बताउँछन् ।

चाड पर्वको बेला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको बताईएको छ् । सशस्त्र प्रहरीको नेपाल–भारत सीमा क्षेत्रको गस्तीले अपराध र विवादका घटनामा कमी हुनुको साथै स्थानियहरुमा सिमा क्षेत्रमा शँन्तीको अनुभुती भएको बताईएको छ् । यस्तै सशस्त्र प्रहरीले भारतिय सिमा सुरक्षा बल एसएसबी संग सहकार्य गर्दै समय अनुकुल सिमा क्षेत्रमा सयुक्त गस्ती थाल्दै आएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् ।

नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा क्षेत्रको रेखदेखका लागी सशस्त्र प्रहरीले गस्ती संचालन गर्दै आएको हो । दुबै देशका सुरक्षा अधिकारीहरुको सहमतीमा आवश्यक परेको बेला जुनुसुकै बेला पनि सयुक्त गस्ति संचालन गर्दै आएको बताईएको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले सिमा क्षेत्र निकै सम्बेदनशिल हुने भएको हुदाँ चाड पर्वको बेला आफुहरुले भारतिय सिमा सुरक्षा बल एसएसबी संग सहकार्य गरेर सयुक्त गस्ती परिचालन समेत गर्दै आएको बताएका छन् ।

‘दशै, तिहार चाडपर्वका बेला सीमा क्षेत्रमा अप्रिय घटना हुन नदिन गस्तीलाई तिब्रता दिएका छौ’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले बताए । सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधीलाई साम्य गर्न स्थानिय स्तरमा भारतिय सिमा सुरक्षा बल एसबएसबी संग सहकार्य समेत गर्दै आएको सशस्त्र प्रहरी निरिक्षक भण्डारीले जनाएका छन् ।

माहाकाली नगरपालिका क्षेत्रमा संचालन हुदै आएको रात्रीकालिन रामलिलामा भारतिय दर्शक पनि आउने गरेको हुदा रातीको समयमा गस्ती तथा सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गर्दै आएको सशस्त्र प्रहरी सिमा सुरक्षा बोडर आउट पोष्ट दोधारा चाँदनी श्रोतले जानकारी दिएको छ् । अन्तरराष्ट्रीय सीमामा हुने सशस्त्र प्रहरी बल र एसएसबीको सयुक्त गस्तीले सीमामा हुने विवादलाई आपसी सहयोगको आधारमा स्थानिय स्तरमा समाधान गर्दै आएको दुबै सुरक्षा निकायको दाबी छ् ।

सातामा र आवश्यक परे जुनसुकै बेला संयुक्त गस्ती गर्ने गरी नेपाल–भारत सिमा सम्बन्धलाई मजबुत बनाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका सशस्त्र प्रहरी निरिक्षक भण्डारीले बताएका छन् । माहाकाली नगरपालिकाको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोल लगाएतका क्षेत्र बढी संबेदनशिल रहेको हुदा उक्त क्षेत्रमा सशस्त्र प्रहरीले बिशेष गस्ति परिचालन गरिदै आएको बताईएको छ् ।

‘चाड पर्वको बेला माहाकाली नगरपालिका क्षेत्रको अति संबेदनशिल सिमा क्षेत्रमा चौबिसै घण्टा पैदल गस्ती तथा मोवाईल गस्ति बढाईने छ्’ सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक राम सिंह भण्डारीले भने । सिमा क्षेत्रबाट हुनसक्ने अपराधिक गतिबिधी रोक्न दशै तिहारको बेला सिमा क्षेत्र बिशेष सर्तकता अपनाईएको उनको भनाई रहेको छ् ।

चाड पर्वको बेला सिमावर्ती भारतिय बजारमा स्थानियहरु किनमेल गर्न आवत–जावत बढी गरिने हुदा सिमा क्षेत्रमा आवात जावत गर्ने स्थानियहरुमा निगरानी बढाईदै आएको सशस्त्र प्रहरीले जनाएको छ् । सशस्त्र प्रहरीले बेलाबखत माहाकाली नगर क्षेत्रको सिमा क्षेत्रमा ‘फोर्स मार्च’ गस्ती समेत गर्दै आएको छ् ।

दशै तिहार तथा छट पर्वको अवरमा सुरक्षा ब्यवस्था कडा पार्ने उद्धेश्यले सिमा क्षेत्रका गा“उ तथा बस्तीमा सशस्त्र प्रहरीले पहरेदारी गर्दै आएको र आवश्यक भएको खण्डमा नेपाल प्रहरी संग सहकार्य गर्ने योजना रहेको बताईएको छ् । सीमा अतिक्रमण्ँ, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगाएत अपराध नियन्त्रणमा सीमा गस्तिले प्रभावकारी हुने माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

‘नियमित संयुक्त गस्तीको कार्यले सीमावर्ती क्षेत्रका नेपाली माथी गरिने दुव्र्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करीका घटनामा कमी आएको पाएका छौं’ माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here