काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबारदेखि फारम खुलाएकाे हाे । यसका लागि एक महिनाको समय दिएको छ ।
पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको छ । परीक्षार्थीले ५ सय दस्तुर तिरेर फारम भर्नसक्ने छन् ।
फारम भर्न रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ ।