अफरोड राइडिङमा रमाउने युवा बर्गमा नयाँ बिकल्प हिरोको ‘एडभेञ्चर एक्स्पल्स’

काठमाडौं । अफरोड राइडिङमा रमाउने युवा बर्गमा नयाँ बिकल्पको रुपमा हिरोको एडभेञ्चर एक्स्पल्स २०० मोटरसाइकल देखिएको छ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङलेको बिक्री वितरण सुरु गरेसँगै हिरोको खस्कदो साखलाई माथि उठाउने विकल्पको रुपमा एक्स्पल्स हेरिएको हो । नेपालको बाटोघाटो र भुगोल सुहाँउदो बिशेषताका कारण डर्ट बाइक प्रति नेपाली राइडरहरुको आशक्ति बढ्दै गैरहेको अवस्थामा एक्सपल्सको आगमन नयाँ विकल्पको रुपमा अघि सरेको छ ।

नेपाली बजारमा राम्रो बिक्री लक्ष्य लिएको यस मोटरसाइकलको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार बिक्री सुरु भएको केही समयमा नै यो मोटरसाईकल भारतमा आक्रमक रुपमा बिक्री भएको थियो ।

एक्स्पल्स २०० मा २०० सिसि सिभि कार्बुरेटर इन्जिन जडान गरिएको छ जसको कारण १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्ने कम्पनीले बताएको छ ।

यसअघि होन्डा एक्सआर, क्रसफायर, यामाहा एक्सटीजेड लगायत अन्य चिनियाँ ब्रान्डका बाइकहरुको मात्र उपस्थिति रहेको थियो । जसमध्ये होन्डा एक्सआरको बजार हिस्सा उच्च रहेको थियो । क्रसफायर, भीआर लगायत ब्रान्डका बाइकहरुले समेत राम्रै कारोबार गरिरहेको अबस्थामा सस्तो मुल्यको एक्सपल्स भित्रिन पुगेको छ ।

यो बाइकको इन्जिनले १८ दशमलब ४ विएचपी पावर र १७.१ एनएम टर्क दिन्छ । जुन बजारमा उपलव्ध यही सेग्मेन्टका प्रतिस्पर्धी ब्रान्डका अन्य बाइकको तुलनामा केही उच्च समेत छ । बाइकमा राइडरको सुरक्षाका लागि विशेष ध्यान दिइएको छ । यसको सिटमा ननस्लिपर टेक्स्टायल प्रयोग गरिएको कारण चालकलाई चिप्लन दिदैन । ५ स्पिड ट्रान्समिसन, एलईडी हेडल्याम्प, फूल डिजिटल जीपीएस नेभिगेसन सहितको डिस्प्ले, ठूलो सिट र रबर प्याडहरुको साथ सामान राख्ने प्लट यसमा रहेका छन् । सिटको मुनि मोबाइल चार्जिङको व्यवस्था पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here