सेल्फीमै ३२ मेगापिक्सेल ड्यूल पप-अप क्यामरा, कतिमा आउला ‘भिभो भी सेभेन्टीन प्रो’ ?

काठमाडौं, ३० असोज । स्मार्टफोन निमार्ण कम्पनी भिभोले आफ्नो भी सिरजिको ‘भी सेभेन्टीन प्रो’ सार्वजनिक गरेको छ ।

विहिवार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा भिभोले विश्वकै पहिलो ३२ मेगापिक्सेल ड्यूल पप-अप सेल्फी क्यामरा सहतिको ‘भिभो भी सेभेन्टीन प्रो’ सार्वजनिक गरेको हो ।

८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज सहितको सेभेन्टीन प्रो कालो र सेतो रंगमा उपलब्ध छ ।

कार्यक्रममा बोल्दै भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भने ‘भी सिरिज पार्टफोलियोमा भी सेभेन्टीनलाई जोड्न पाउँदा हामी निकै हर्षित भएका छौं ।’

यस्तो छ भिभो भी सेभेन्टीन प्रो

३२ मेगापिक्सेल ड्यूल पप अप सेल्फी क्यामरा भएको यो फोन सेल्फी मन पराउने मानिसहरुको लागि एक उत्कृष्ट ब्राण्ड हुने कम्पन्नीको दाबी छ ।

सेभेन्टीन प्रोमा ४८ मेगापिक्सेल क्यामरा, ८ जीबी र्याम, १३२ जीबी आन्तरिक स्टोरोज भएका कारण २ सय भन्दा धेरै एचडी सिनेमाहरु सजिलै राख्न सकिने कम्पनीले बताएको छ ।

यसका साथै सुपर नाईट सेल्फी क्यामराको कारण अध्याँरोमा पनि कुनै समस्या बिना नै सेल्फी लिन सकिने कम्पनीले बताएको छ ।

छिटो चार्ज, ठुलो ब्याट्री

कम्पनीका अनुसार भीभो भी सेभेन्टीन प्रोमा छिटो चार्ज गर्न र चार्ज लामो सकयसम्म टिकाई राख्नको लागि ठुलो ब्याट्रीको प्रयोग गरिएको छ ।

४ हजार १ सय एमएएच ब्याट्री प्याकका साथै टाइप सी, ड्यूल इन्जिन फास्ट चार्जिङ्ग टेक्नोलोजी १८ वटा राखिएको छ ।

कति छ मूल्य

आजबाट सार्वजनिक भएको भी सेभेन्टीन प्रोको मूल्य नेपाली बजारमा ५२ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here