सचिन प्रती श्रद्धाञ्जली व्यक्त गर्दै प्रम ओलीले भने ‘संवेदनशील विषयमा सजग भएर प्रतिक्रिया दिऔ’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चर्चित बालकलाकार सचिन
परियार प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको भन्दै घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल रहेका बालकलाकार परियारकाे बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।