काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ ।
काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको न्यायिक हिरासतमा लगिएको हो ।
उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ । उनलाई साेमबार पुनः अदालतमा उपस्थित गराइने छ।