काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी खोलामा पुल भासिएको स्थान नजिकैबाट दुईतर्फी डाइभर्सन बनाइएकाे छ। यससँगै यात्राको अवधि छोटिएको छ ।
पुलको छेउँमै ह्युमपाइप राखेर दुईतर्फी डाइभर्सन बनाइएकाे हाे।
पहिले पुल छेउँमै डाइभर्सन नहुँदा होङ्सी सिमेन्ट कारखानाको बाटाे हुँदै जादा बाटो झण्डै २ घण्टा लामाे थियाे ।