खो खो विश्‍वकपअन्तर्गत नेपालकाे महिला र पुरुष टिम दुवै सेमिफाइनलमा

माघ, काठमाडौं । भारतमा जारी खो खो विश्‍वकपअन्तर्गत महिला र पुरुष टिम दुवै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्‍वाटरफाइनलमा महिला टिमले इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले अब फाइनल प्रवेशका लागि युगाण्डासँग खेल्ने छ । युगाण्डाले आजै भएको खेलमा न्युजिल्याण्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

नेपालको पुरूष टिम पनि क्‍वाटरफाइनलमा बंगलादेशलाई पराजित गरेर सेमिफाइनलमा प्रबेश गरेको छ। क्‍वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

नेपालले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्ने छ । सेमिफाइनल खेल शनिबार साँझ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here