अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक यात्रुको मृत्यु, तीन जना घाइते

काठमाडौं । झापामा अटोरिक्सा र जिप आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी अटोरिक्सामा सवार बुद्धशान्ति- ४ कि २७ वर्षीया अमृता तामाङको मृत्यु भएको जिल्ला ट्राफकि कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए।

दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन् ।

उनीहरुको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here