सिमेन्टको मूल्यवृद्धि घटाउन उद्योग मन्त्रालयलाई सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। असार यता सिमेन्टको मूल्य ५०–६० प्रतिशतले बढाइएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो । समितिले यो वृद्धिलाई तथ्यमा आधारित नभएको ठहर समेत गरेको छ ।

निर्माण व्यवसायीहरूले मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर प्रभावित भएको बताए। उद्योगीहरूले भारतमा सस्तोमा सिमेन्ट निर्यात गर्ने तर नेपालमा महँगो मूल्य असुल्ने गरेको गुनासो गरियो।

समितिले मूल्यवृद्धि नियन्त्रण गर्न र लोडसेडिङका विषयमा थप अध्ययन गर्न उर्जामन्त्रालयसँग छलफल गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here