काठमाडौं । भारतको महाराष्ट्रस्थित जलगाव जिल्लामा रेल दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । यात्रुहरुका अनुसार ट्रेनको डिब्बामा आगो लागेको अफवाह फैलिएको थियो ।
त्यसपछि यात्रु अर्को ट्र्याकमा भागेको थिए । त्यसैसमय सो ट्र्याकमा अर्को रेल आएपछि मानिसहरु किचिएका थिए ।
यस घटनामा १२ जना घाइते छन् । कर्नाटक एक्सप्रेसको रेल मानिसहरु किचेको हो । यो रेल मनमाडबाट भुसावल जाने क्रममा थियो । महाराष्ट्रका मूख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुख जनाएका छन् ।