ताेलामा ४ सयले घट्याे सुन

काठमाडौं । बिहिवार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनकाे मूल्य प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँ तय गरेको छ । सुन अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७५ रुपैयाँमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here