५.४१ प्रतिशतले बढ्याे महङ्गि

काठमाडौं । पुस महिनामा महँगी ५ प्रतिशत माथि पुगेकाे नेपाल राष्ट्र बैंकले बताएकाे छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकले यस्ताे देखाएको हाे।

पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत छ । जुन अघिल्लो वर्ष सोही महिनामा ५.२६ प्रतिशत थियो ।

त्यस्तै खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत पुगेकाृ छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत छ ।

गत बर्ष अर्थात २०८० काे पुसमा खाद्य तथा पेय पदार्थमा ५.७५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहमा ४.९३ प्रतिशत मुद्राीफीति थियो ।

त्यस्तै पुस महिनामा तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८.५२ प्रतिशत, घिउ तथा तेल १०.६७ प्रतिशत, दाल तथा गेडागुडी ९.४८ र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३.१२ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.३५ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पल ६.७५ र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here