काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको चालु आवको पहिलो ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यो गत आवको सो अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ४ दशमलव १ प्रतिशतले बढी हो ।
गत बर्षको यहि अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव १ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव ५ प्रतिशतले बढेको थियो ।
चालु आवको ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ ।