काठमाडौं । बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन आज संसदमा प्रस्तुत हुने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यो प्रतिवेदन संसदमा पेश गर्नेछन् ।
यसअघि सामान्यतया अर्धवार्षिक समिक्षा अर्थ मन्त्रालयबाटै सार्वजनिक गरिँदै आएकोमा सरकारले यस पटक यो प्रतिवेदन संसदमा लैजान लागेको हो ।
अघिल्लो सरकारले बनाएको बजेट वर्तमान सरकारले कार्यान्वयन गरिरहेको छ । बजेट कार्यान्वयनको अवस्था भने संतोषजनक छैन । खासगरी पूँजीगत खर्चको अवस्था दयनीय रहेको छ । राजस्व संकलन केही बढे पनि लक्ष्य भन्दा धेरै टाढा छ ।
























